२७ बैशाख काठमाडौ। नेवा सुपरस्टार सिरपा नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम हुने भएको छ । ग्लोबल नेवा नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।
काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिने जनाइएको छ । प्रतियोगिताका लागि पाँच जना महिला जसमा हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी हुनुहुन्छ । पाँच जना पुरुष जसमा सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ गरी १० कलाकार छनोट गरिएको हो ।