१८ कार्तिक काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले गोरखा सदरमुकाम हरमटारीमा सांसद–नागरिक सुझाव तथा गुनासो व्यवस्थापन शिविर सञ्चालन गरेका छन्।
आज हरमटारीमा भइरहेको शिविरमा सांसद बुर्लाकोटी स्वयं उपस्थित भएर नागरिकका सुझाव, समस्या तथा गुनासाहरू सुन्दै छन्। शिविरमार्फत स्थानीय नागरिकले आफ्ना समस्या र आवश्यकताबारे प्रत्यक्ष रूपमा सांसदसमक्ष जानकारी गराइरहेका छन्।
शिविरमा प्राप्त गुनासा तथा सुझावलाई सम्बोधन गर्न सांसद बुर्लाकोटीले सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गरिरहेका छन्। नागरिकका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविरले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नुका साथै स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।