Logo

बुधवार, कार्तिक १९ गते २०८३

प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

जोईन खबर

१९, कार्तिक २०८३
  • 223
    SHARES
  • प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

    १८ कार्तिक काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

    images

    मंगलबार नै मन्त्रिपरिषद्को बैठक बसेको थियो। बुधबार मन्त्रीहरू आफ्नै नियमित कार्यतालिकामा व्यस्त रहेका बेला प्रधानमन्त्री शाहले दिउँसो १ बजेका लागि बैठक बोलाएपछि मन्त्रीहरू सिंहदरबारस्थित बैठकस्थल पुगेका हुन्।

    images
    images
    images

    एक मन्त्रीका अनुसार प्रधानमन्त्री शाहको सचिवालयबाट मन्त्रिपरिषद् बैठकमा उपस्थित हुन १५ मिनेटको समय दिएर सूचना पठाइएको थियो। छोटो समयको सूचनापछि मन्त्रीहरू बैठकमा सहभागी हुन पुगेका हुन्।

    बैठक आकस्मिक रूपमा बोलाइनुको कारण र त्यसमा छलफल हुने विषयबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १३:३८:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको