Logo

बुधवार, कार्तिक १९ गते २०८३

बुंकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना हुने

बुंकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना हुने

जोईन खबर

१९, कार्तिक २०८३
  • 226
    SHARES
  • बुंकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना हुने

    १८ कार्तिक गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुंकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना हुने भएको छ। शाखा स्थापना गर्ने विषयमा बैंकले आवश्यक प्रक्रिया अघि बढाएको छ।

    images

    बुंकोटस्थित वडा कार्यालयमा शाखा स्थापना गर्ने विषयमा छलफल भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन्। छलफलमा गण्डकी प्रदेश राष्ट्रिय वाणिज्य बैंकका उपप्रमुख विदुर भूषण क्षेत्री र राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक सुजन क्यापछाकी मगर सहभागी थिए।

    images
    images
    images

    छलफलमा वडा नं. ७ र ८ का जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। सहभागीहरूबीच बैंकको शाखा स्थापना गर्ने स्थान छनोट, घर भाडामा लिने प्रक्रिया लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

    केही दिनभित्रै बैंक राख्ने स्थान छनोट तथा घर भाडामा लिनेसम्बन्धी सूचना प्रकाशित हुने जानकारी प्राप्त भएको वडा अध्यक्ष श्रेष्ठले बताए।बुंकोटमा बैंकको शाखा स्थापना गर्न सहिद लखन गाउँपालिका वडा नं. ७ र ८ का कार्यालयले केही वर्षअघिदेखि नै निरन्तर पहल र समन्वय गर्दै आएका थिए।

    गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, दुवै वडाका जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीहरूको निरन्तर प्रयासपछि शाखा स्थापना गर्ने प्रक्रिया अघि बढेको हो।बुंकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएपछि वडा नं. ७ र ८ लगायत आसपासका क्षेत्रका नागरिकलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १५:१०:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको