१८ कातिृक काठमाडौं । सरकारले पदबाट बर्खास्त गरेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा रहेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट बर्खास्त गर्दै डा। मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ। सरकारको निर्णयपछि कार्कीले कानुनी उपचारका लागि अदालत जानेबारे कानुन व्यवसायीसँग परामर्श गरेका छन्।
कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जाने विषयमा छलफल गरेको बताइएको छ। अधिवक्ता नेपालले कार्कीले के गर्ने भनेर आफूलाई सोधेको र कानुनी लडाइँबाहेक अर्को बाटो नरहेको सुझाव दिएको बताएका छन्।
‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँबाहेक अर्को बाटो छैन भनेको छु,’ अधिवक्ता नेपालले भने।कार्की निकट एक प्रहरी अधिकारीका अनुसार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न पुराना नजिरहरूको अध्ययन भइरहेको छ। रिट आजै दर्ता गर्ने प्रयास भइरहेको पनि ती अधिकारीले बताएका छन्।सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेमा उनको बर्खास्ती र नयाँ आईजीपी नियुक्तिसम्बन्धी विषय कानुनी प्रक्रियामा प्रवेश गर्नेछ।