Logo

बुधवार, कार्तिक १९ गते २०८३

सहिद लखन गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण

सहिद लखन गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण

जोईन खबर

१९, कार्तिक २०८३
  • 163
    SHARES
  • सहिद लखन गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण

    १८ कार्तिक गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले सशस्त्र प्रहरी बल नेपाल, २९ नम्बर गुल्म गोरखालाई विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ।

    images

    गाउँ कार्यपालिकाको निर्णयअनुसार आज आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुदीप रेग्मीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

    images
    images
    images

    विपद्का समयमा उद्धार तथा प्रतिकार्य कार्यलाई प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए। विपद् व्यवस्थापनका क्रममा सुरक्षाकर्मीलाई आवश्यक पर्ने सामग्री उपलब्ध हुँदा उद्धार तथा राहतका कामलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।

    गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आएको जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १९, २०८३ बुधवार - १४:४७:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको