४ जेठ काठमाडौँ। मोर सजना बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको गीतले नेपाली र थारु संस्कृतिबीच मौलाएको प्रेम कथालाई समेटेको छ। भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमीका थारु समुदायकी भएर पनि उनीहरुबीचको प्रेम र रोमान्सलाई भिडियोमा निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाउनुभएको छ।
उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी (इन्डिया) को मिक्सिङ तथा मास्टरिग रहेको छ।भिडियोको सम्पादनमा विकाश दाहाल मेहनत गर्नुभएको छ। दवाडीआफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा ल्याउनुभएको हो।