४ जेठ काठमाडौँ। चलचित्र नेपाली मौलिक कथामा निर्माण गरिएको निर्माण पक्षको दाबी छ । निर्देशक शम्भु थापाले चलचित्र वयस्कले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताउनुभयो । ‘अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौँ ।
अभिनेता प्रकाश घिमिरेले चलचित्रमा आफू हुक्का खाने पात्रका रूपमा देखिने बताउनुभयो ।कहिले नरम र कहिले कडा पात्रका रूपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको दाबी पनि गर्नुभयो । चलचित्रमा सन्तोषकुमार आत्रेय प्रमीला खनाल तेज गिरी अशु न्यौपाने निश्चल विमल एलिसा विकको अभिनय छ ।