Logo

मंगलवार, श्रावण १२ गते २०८३

ख्याल राख्नुस् यी कुरा अनार खाँदै हुनुहुन्छ ?

ख्याल राख्नुस् यी कुरा अनार खाँदै हुनुहुन्छ ?

जोईन खबर

१०, जेठ २०८०
  • 739
    SHARES
  • ख्याल राख्नुस् यी कुरा अनार खाँदै हुनुहुन्छ ?

    १० जेठ काठमाडौं । फलफूल र तरकारीको कुरा आउँछ, प्रत्येक फलफूल र तरकारी अनुसार फरक-फरक र अदभूत गुणहरू हुन्छन्। हाम्रो शरीरलाई निक्कै नै फाइदा दिन्छ र शरीरलाई स्वस्थ्य राख्न मद्धत गर्दछ। फलफूलले रोगहरूको रोकथाम र उपचारमा पनि मद्धत गर्दछ।

    images

    धेरै स्वस्थकर फलफूलको कुरा आउँद तपाईं हामीहरूको सबैको दिमागमा एक पटक अनारको नाम याद आउछ। अनार खाने कुरा आउँदा यसको फाइदाले हामीलाई आकर्षित गर्दछ।अनारको धेरै फाइदाहरू रहेका छन्। तर, अनार सेवनले फाइदामात्रै नभएर केही कुरामा बेफाइदापनि भइरहेको हुन्छ।

    अनारले के असर गर्छ त?

    १. अनार पेटमा ग्यासको कारण बन्न सक्छ

    अनारको अत्याधिक सेवनले कुनै प्रत्यक्ष साइड इफेक्ट नदिए पनि यसले केही ग्यास्ट्रिक समस्या निम्त्याउन सक्छ। 

    २. रगतमा चिनीको मात्र बढाउन सक्छ

    मधुमेहका रोगीहरूले अनारको सेवन गर्दा होसियार हुनुपर्छ किनभने यो फल उच्च चिनीको मात्राका साथै कार्बोहाइड्रेटका लागिपनि परिचित छ।

    ३. औषधीसँग प्रतिक्रिया दिन सक्ने

    अनारको सेवनले केही औषधीसँग प्रतिक्रिया दिन सक्ने बताइएको छ। यदि तपाईं नियमित औषधी सेवन गर्दै हुनुहुन्छ भने अनारको सेवनमा सावधानी अपनाउनु पर्ने हुन्छ।

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १४:२०:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको