Logo

बुधवार, श्रावण १३ गते २०८३

चार नेपाली अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा

चार नेपाली अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा

जोईन खबर

१२, जेठ २०८०
  • 667
    SHARES
  • चार नेपाली अन्तर्राष्ट्रिय  भलिबल  रेफ्रीमा बढुवा

    १२ जेठ काठमाडौं ।  नेपालका चार जना एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्न सफल भएका छन् ।नेपालमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै नेपालका चारजना इन्टरनेसनल रेफ्री क्यान्डिडेट पूर्ण रुपमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका हुन् ।टहल सिंह थापा मगर, विजय केसी, विकास गुरुङ र पूर्ण प्रसाद चौलागाईं अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका हुन् ।

    images

    टहलले सन् २०११ मा फिव भिसिपी कोर्ष र सोही वर्ष फिव लेभल–१ भलिबल कोचेज कोर्ष उत्तिर्ण गरेका थिए । टहलले सन् २०१४ मा राष्ट्रिय भलिबल रेफ्री कोर्ष पूरा गर्दै राष्ट्रिय रेफ्री बनेका थिए ।त्यसपछि टहल सन् २०१७ मा थाइल्यान्डको बैंककमा एभिसी इन्टरनेशनल रेफ्री क्यान्डिडेट कोर्ष पूरा गर्दै इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । 

    Tahal.jpg

    २०६५ सालमा राष्ट्रिय रेफ्री बनेका काभ्रेका केसी सन् २०१८ मा थाइल्यान्डमा भएको एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट कोर्ष उत्तिर्ण गरेपछि एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । केसी सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् र अन्य खेलकुदमा पनि सक्रिय भूमिकामा देखिन्छन् । 

    Bijaya-KC.jpg

    २०६८ सालदेखि भलिबल रेफ्री रहेका गोरखाका विकास गुरुङ २०१८ मा एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । माल्दिभ्स र किर्गिस्तान तथा किर्गिस्तान र माल्दिभ्सबीचको खेलमा पहिलो रेफ्री तथा माल्दिभ्स र काजकस्तानबीचको खेलमा दोस्रो रेफ्रीको भुमिका निभाइसकेका छन् । 

     

    Bikash-Gurung.jpg

    सन् २००९ क्षेत्रीय रेफ्री बनेका जुम्लाका पूर्ण सन् २०१३ मा राष्ट्रिय रेफ्री बनेका थिए । सन् २०१५ मा थाइल्यान्डमा सिनियर रेफ्री रिफ्रेसर कोर्ष पूरा गरेका पूर्णले सन् २०१७ को मेमा इन्टरनेसनल रेफ्री क्यान्डिेडेट कोर्ष पूर्ण गर्दै इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए ।  Purna.jpg नेपालका यि सबै चारै जना रेफ्रीले दक्षिण एसियाली खेलकुद ९साग० र सेन्ट्रल जोन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भुमिका निभाइसकेका छन् ।

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - ११:१७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको