Logo

मंगलवार, श्रावण १२ गते २०८३

 पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दियो

 पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दियो

जोईन खबर

१६, मंसिर २०८२
  • 598
    SHARES
  •  पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दियो

    १६ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको लिग चरणको २१ औँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो।

    images

    पोखराका लागि एडम रोसिङ्टनले १०८ रनको अविजित पारी खेले। उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गरे।पहिलो विकेटको रूपमा कुशल भुर्तेल १८ रन बनाउँदै क्याच भएका थिए।

    दोस्रो विकेटका लागि जसन रोय र एडम रोसिङ्टनले १२७ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका थिए। दोस्रो विकेटको रूपमा जसन रोय ४६ रनमा क्याच भए। धनन्जय लक्सन २३ रनमा अविजित रहे। तेस्रो विकेटका लागि लक्सन र एडमले ४० रनको अविजित साझेदारी गरे।कर्णाली याक्सका लागि नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए। कर्णाली याक्सले ७ जना बलर प्रयोग गरेको थियो ।

    यसअघि विराटनगर एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले २२० रन बनाएका थिए। कर्णाली याक्सको यो छैटौं खेल हो। पोखरा एभेन्जर्सको यो पाँचौं खेल हो। पोखराले ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ। पोखराले पहिलो खेलमा विाटनगर किंग्ससँग ५३ रनले हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले हार बेहोर्यो।

    तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। कर्णालीले ५ खेलमा ४ हार र १ जित दर्ता गरेको छ। पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले हार बेहोरेको थियो।

    लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन, चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेट र पाँचौं खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।

    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १७:४४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको