१२ जेठ काठमाडौं । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका विकास गुरुङ अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् बारपाक सुलिकोट गाउँपालिका वाड न ७ गैरीछापमा जन्मिएका गुरुङ सानै उमेर देखि नै भलिबल खेलन मन पराउने थिए ।
साथै भलिबल क्षेत्रमा लागेर संघर्ष गर्दै टोल गाउँ वाड पालिका जिल्ला प्रदेश केन्द्र राष्ट्र हुदै आज अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका छन् । सानै देखि भलिबल क्षेत्रमा ध्यान दिएर अहिले यो स्थान सम्मा आउन सफल भएका थिए । गोरखाका अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङ वि स २०६८ साल देखि नै भलिबल रेफ्री बनन्का थिए ।

गुरुङ सन २०१८ मा एभीसी इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए । अन्तर्राष्ट्रिय भलिबल रेफ्र विकास गुरुङले माल्दिभ्स र किर्गिस्तान तथा किर्गिस्तान र माल्दिभ्सबीचको खेलमा पहिलो रेफ्री बने सँगै गुरुङले फेरी पनि अर्को एक मौका पाए । गुरुङले माल्दिभ्स र काजकस्तानबीचको खेल खेलाएर दोस्रो भूमिका निभाइसकेका छन् ।

रेफ्री गुरुङले दक्षिण एसियाली साग र सेन्ट्रल जोन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत गुरुङले भूमिका निभाइसकेका छन् । साथै नेपालमा भइरहेएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्या रेफ्रीको भूमिका मा दुई अन्तर्राष्ट्रिय खेल र खेलाएसँगै गोरखाका विकास गुरुङ नेपालको इन्टरनेसनल रेफ्री क्यान्डिडेटले अन्तर्राष्ट्रिय रेफ्रीमा नियुक्ती भएका हुन् ।