Logo

बुधवार, श्रावण १३ गते २०८३

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज शुक्रबार सेमिफाइनलका खेलमा नेपाल र काजकस्तान खेल्दै

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज शुक्रबार सेमिफाइनलका खेलमा नेपाल र काजकस्तान खेल्दै

जोईन खबर

१२, जेठ २०८०
  • 655
    SHARES
  • एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज शुक्रबार सेमिफाइनलका खेलमा नेपाल र काजकस्तान  खेल्दै

    १२ जेठ काठमाडौं। काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज ९शुक्रबार० सेमिफाइनलका खेलहरु हुनेछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच सेमिफाइनल खेल हुनेछ । भारत र उज्वेकिस्तानको खेलमा दिउँसो २ः३० बजे तथा नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ ।

    images

    कप्तान अरुणा शाही, सरस्वती चौधरी र सलिना श्रेष्ठ टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन् । प्रशिक्षण दौरान घुँडाकै चोटका कारण सरस्वती पूर्णरुपमा फिट छैनन् ।उषा भण्डारीसँगै निरुता ठगुन्ना, साफिया पुन, संगम महतो र सलिना श्रेष्ठले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि टोलीलाई जिताउन पर्याप्त रहेन ।

    घरेलु टोली नेपाल भने समूह ‘ए’ भारतसँग पराजित भएपछि उपविजेता बनेको थियो ।कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको थियो । समूह चरणको तीन खेलमा ७ सेट जितेको नेपालले ३ सेट गुमाएको छ ।

    समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको काजकस्तानले समूह चरणको तीन खेलमा ९ सेट जित्दा दुई सेट गुमाएको छ ।माल्दिभ्सलाई सोझो सेटमा हराएको काजकस्तानले श्रीलंका र उज्वेकिस्तानसँग समान एक सेट गुमाएको थियो । 

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १४:०१:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको