Logo

मंगलवार, श्रावण १२ गते २०८३

छ महिनामा सुरु पुरा, गाडी चल्न थप समय लाग्ने : नागढुंगा-नौबिसे सुरुङ मार्ग

छ महिनामा सुरु पुरा, गाडी चल्न थप समय लाग्ने : नागढुंगा-नौबिसे सुरुङ मार्ग

जोईन खबर

१२, जेठ २०८०
  • 991
    SHARES
  • छ महिनामा सुरु पुरा, गाडी चल्न थप समय लाग्ने : नागढुंगा-नौबिसे सुरुङ मार्ग

    १२ जेठ काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्ग आगामी ६ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भए पनि गाडी गुड्न भने अझै डेढ वर्ष समय लाग्ने भएको छ । सुरूङ खनिसकिएपछि फिनसिङ गर्न झन्डै १ वर्ष समय सुरुङ मार्ग कन्सल्ट्यान्टतर्फका इन्जिनीयर रमेश कोइरालाले बताए।अहिले सुरूङ खन्ने र फिनसिङको काम एकैपटक भइरहेको छ । ‘ब्रेक थ्रु’पछि १ वर्षभित्र भित्र गाडी गुडाउने हाम्रो योजना हो। उनका अनुसार हालसम्म लाइनिङ (प्लास्टर गर्ने काम) करिब ४० प्रतिशत सकिएको छ भने अझै ६० प्रतिशत बाँकी छ ।

    images

    लाइनिङको काम सकिएपछि बिजुली बत्ती जडान, सुरक्षका आवश्यक अन्य उपकरणहरू जडान गरिने उनले बताए ।सुरूङमार्गमा राखिने सबै उपकरण तथा सामग्री जापानबाट ल्याइने उनले जानकारी दिए ।४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरूङमार्ग निर्माण कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा निर्माण अवधि १ वर्ष थपिएको छ ।

    आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । नेपालकै पहिलो सुरूङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ ।

     

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १५:४५:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको