Logo

बुधवार, श्रावण १३ गते २०८३

आठ महिनामा ७५ वटा पुल बने १०४ किमि सडक थपियो

आठ महिनामा ७५ वटा पुल बने १०४ किमि सडक थपियो

जोईन खबर

१४, जेठ २०८०
  • 922
    SHARES
  • आठ महिनामा  ७५ वटा पुल बने   १०४ किमि सडक थपियो

    १४ जेठ काठमाडौ । चालू आर्थिक वर्षको आठ महिनामा एक सय ४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। त्यस्तै, ७५ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ।आठ महिनामा ३ सय १६ किलोमिटर सडक खण्डास्मित (ग्राभेल)स्तरमा स्तरोन्नति भएको छ। २ सय ४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। यही अवधिमा ८ हजार २ सय ५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २ सय ७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ।

    images

    कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो। २०७९ फागुनसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। जसमध्ये १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्राभेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक रहेका छन्।


     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १७:००:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको