३१ असार काठमाडाै । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न –७ को ज्यादुल खोलामा डाईभर्सन पुल निर्माण गरिएको हो । ज्यादुल खोलामा बर्खायाममा सवारी साधन आवतजावत गर्ने नागरीकले कठिनाई भोग्नु परेको सँगै पछिलाे समय प्रदेश सरकारको ३५ लाख बजेटमा विनियाेज गरी डाईभर्सन पुल निमार्ण सम्पन्न भएकाे हाे ।
गाउँपालिका वडा न ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले बताए हुन् ।खोलामा ७ वटा हिम पाईप जडान गरी पुल निमार्ण गरिएको छ । नागरीकहरूलार्इ बर्खायाममा खेत बारीमा काम गर्नका लागि आवतजावत गर्न पनि समस्या भएकोमा अव भने पुल निर्माण भए पछि सहज हुनेभएकाे र स्थानीयबासीहरु पुल निमार्ण गर्न गाउँपालिकासंग पटक पटक माग गदै आएका थियौ, भने कुरा जीवन कुमालले ,बताउनु भयाे । उक्त पुल हुदैँ घाटेवेसी देखि गोरखा सदरमुकाम, घाटेवसीदेखि बेनिघाट, काठमाण्डौसम्म नियमित यात्रुबाहक बस सवारी साधनहरु चल्ने गर्दछन् ।