Logo

मंगलवार, श्रावण १२ गते २०८३

लमजुङ र मनाङ जोड्ने बेसीशहर–चामे सडक बन्द

लमजुङ र मनाङ जोड्ने बेसीशहर–चामे सडक बन्द

जोईन खबर

२९, आषाढ २०८०
  • 871
    SHARES
  • लमजुङ र मनाङ जोड्ने बेसीशहर–चामे सडक बन्द

    २९ असार काठमाडाै । चामे गाउँपालिका–१ स्थित  लमजुङ र मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक बन्द गरिएको छ । सडक खण्ड अन्तर्गत मनाङको दुई वटा खोलामा काठेपुल भाँचिएकाले सो पुल, मर्मत तथा पुननिर्माणका लागी सडक बन्द गरिएको हो ।

    images

    चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठेपुल र वडा नं. ३ स्थित स्यार्कु खोलाको काठेपुल भाँचिएको डुम्रे–बेसीशहर चामे सडक योजनाका इन्जिनियर सुमन अधिकारीले बताए ।जिल्ला प्रशासन कार्यालय मनाङले एक सुचना जारी गर्दै उक्त दुई स्थानमा तत्काल काठेपुल निर्माण गर्न लागीएकाले दुई दिन सडक पूर्ण रुपमा बन्द भएको जनाएको छ ।

    सो स्थानमा बैकल्पिक सडक नभएकाले सवारी साधन आवतजावत पूर्ण रुपमा ठप्प भएका छन् । आज बिहिबार बिहान १० बजेदेखी भोली बेलुका ५ बजेसम्म सडक बन्द गरि तत्काल काठेपुल निर्माण गर्न लागीएको डुम्रे–बेसीशहर चामे सडक योजनाले जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १६:२५:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको