१२ जेठ काठमाडौं । काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् ।विमानस्थलमा अब छोरा ठूलो भइसकेको छ ।
म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ ह्रस्वदीर्घबाहेक अन्य केही फिल्मबाट समेत अफर आइरहेको बताउँदै उनले यसबारे निधो नभइसकेको जानकारी दिइन् ।अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भइसकेको छ । अहिले म फ्रीजस्तै छु,’ उनले भनिन् ।
कहिलेकाहीं त्यही सबथोक छाडेर नेपाल आऊँ कि जस्तो लाग्ने गरेको उनले सुनाइन् ।विपनाले ८० र ९० को दशकमा झण्डै ७० फिल्ममा अभिनय गरेकी छन् । २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज फिल्म ‘संघर्ष जिन्दगीको’ २०६७ सालमा रिलिज भएको थियो । घरजमपछि उनी भारतमा बस्दै आएकी छन् ।