Logo

बुधवार, श्रावण १३ गते २०८३

फाइनल खेल आज चेन्नाई सुपर किङ्गस र गुजरात टाइटान्सबीच हुँदै

फाइनल खेल आज चेन्नाई सुपर किङ्गस र गुजरात टाइटान्सबीच हुँदै

जोईन खबर

१४, जेठ २०८०
  • 673
    SHARES
  • फाइनल खेल आज चेन्नाई सुपर किङ्गस र गुजरात टाइटान्सबीच हुँदै

    १४ जेठ काठमाडौ । इण्डियन प्रिमियर लिग.(आईपीएल) को यस सिजनको फाइनल खेल आज चेन्नाई सुपर किङ्गस र गुजरात टाइटान्सबीच हुँदैछ। सो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतीय समय अनुसार साढे ७ बजे (नेपाली समय अनुसार ७ः४५ बजे) शुरु हुनेछ। लिग इतिहासमा पहिलो पटक दुबै टोली फाइनलमा भिड्दैछन्।गुजरात टाइटान्स गत वर्षको च्याम्पियन हो भने चेन्नाइ सुपर किङ्गस चार पटक लिग विजेता हो।

    images

    नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो। यस स्टेडियममा गुजरातले हालसम्म नौ खेल खेलेको छ जसमध्ये ६ खेल जितेको छ भने तीन खेल हारेको छ। अर्कोतर्फ चेन्नाईले यस स्टेडियममा अहिलेसम्म तीन खेल खेलेको र सबै खेलमा हार व्यहोरेको छ।

    गत वर्ष आईपीएल सीजनमा जोडिएको गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो। यस वर्षपनि करिब सोही खेलाडिहरुसहित यस प्रतियोगितामा खेलिरहेको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुगर किङ्गस, आईपीएलका सबैभन्दा सफल टिममध्येको एक हो। चेन्नाईले हालसम्म चारपटक उपाधि जितेको छ।  

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १२:४२:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको