१४ जेठ काठमाडौ । नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
एक सयम ६–८ ले पछि रहेको नेपालले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन । प्रतिस्पर्धात्मक दोस्रो सेटमा ९–९ को बराबरीबाट अघि बढेको नेपालले लगातार ६ अंक जोड्दै जितको आधार तय गर्यो । त्यसपछि उज्वेकिस्तानले थप ७ अंक जोड्दा नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।तेस्रो सेटमा पनि नेपालले सोही लयलाई निरन्तरता कायम राख्दै २५–१५ को सहज जित निकाल्न सफल भयो ।
सुरुवातदेखि नै अग्रता लिएको नेपालले ७–४ को स्थितिबाट आरामदायी अग्रता लिदै १७–९ ले अघि बढ्यो । त्यसपछि अन्त्यतिर २४–१२ को स्थिति रहँदा नेपालले लगातार ३ अंक गुमाएपनि नेपालले थप १ अंक बटुल्दै जित निकाल्यो ।चौथो सेटमा पनि सुरुवातदेखि नै अग्रता कायम राख्दै २५–१३ को जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । यि दुई टोलीले दोस्रो संस्करणमा फाइन्ल खेल्दा नेपाल ३–२ को सेटमा विजयी हुँदै लगातार दोस्रो सिजन च्याम्पियन बन्न सफल भएको थियो ।