Logo

बुधवार, श्रावण १३ गते २०८३

एसिया कप सर्ने निश्चित, अब कहाँ हुन्छ?

एसिया कप सर्ने निश्चित, अब कहाँ हुन्छ?

मदन नगरकोटी

१७, जेठ २०८०
  • 1.8K
    SHARES
  • एसिया कप  सर्ने निश्चित, अब कहाँ हुन्छ?

    १७ जेठ काठमाडौं । पाकिस्तान आयोजना गर्ने गरि तयार भएको एसिया क्रिकेट कप २०२३ क्रिकेटको आयोजन गर्ने लागि श्रीलंकाले प्रस्ताब गरेको छ । एसिया कप आगमी सेम्टेम्बरमा पाकिस्तानमा हुने तयार भए पनि भारतले पाकिस्तान गएर खेल अस्विकार गर्दा प्रतियोगीता नै अनिश्चित भई रहेएको अवस्थामा श्रीलंकाले औपचारिक रूपमा आयोजनको प्रास्ताप गरेको हो । अर्को तिर पाकिस्तानले आयोजन स्थाल सानै नमानी रहेका बेला श्रीलंकाले एसिया कप आयोजनका लागि प्रस्ताब गरेपछि यसको अन्याैलता अझै यथावत रहेएको छ ।

    images

    श्रीलंका क्रिकेट बोर्डले एसिसिले स्वीकृति दिए एसीया कप आयोजन गर्न आफुहरु तयार रहेको बताएका छन् । श्रीलंका छोटो नोटेसको आधारमा एसीया कप आयोजन गर्ने तयारीमा छ । अब यसको निर्णय एसीसीले गर्ने छ । श्रीलंका क्रिकेटका अफिसियललाई उदर्दिक गर्दै क्रिकबनले लेखेको छ ।

    इंण्डीयन प्रिमियर लिग आइपिएल आईपीएल २०२३ फाइनलको अवसरमा भएको छलफलमा बिसिसि आइस श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डले एसीया कप एउटै स्थालमा आयोजन हुनुपर्नेमा सहमती जनाएका छन् । यसको अर्थ भारत पाकिस्तान नगए पछि पाकिस्तान बाट एसीया कप सर्ने निश्चित छ । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान र युएई दुई स्थानमा प्रतियोगीता आयोजन गर्ने हाइब्रिड मोडल प्रस्ताब गरेको थियो । तर भारतीय क्रिकेट बोर्डले यसलाई अस्विकार गर्दै आएको छ । श्रीलंका क्रिकेट बोर्डले बिसिसि आईलाई साथ दिएको छ ।

    बिसिसिआईका अनुसार नै अगाडी बढने जनाएको भारतीय मिडियाले उल्लेख गरेको छ । एसीसीको आधिकारीक बैठक अर्को साता हुने सम्भावना छ । जसले एसीया कपको बारेमा अन्तिम निर्णय अपेक्षा गरेको छ । यस पटक नेपालले समेत एसीया कप खेल्ने छ । नेपालले एसीया कपको समूह चरणमा नै पाकिस्तान र भारत संग खेल्ने छ । एसीया कप को अर्को समूह चरणमा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेएका छन् । वैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बनेको नेपाल एसीया कपमा छनोट भएको हो ।

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १६:०३:४७ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको