Logo

मंगलवार, कार्तिक ११ गते २०८३

हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम

हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम

जोईन खबर

१७, जेठ २०८०
  • 937
    SHARES
  • हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम

    १७ जेठ काठमाडौ । खप्तड शैलेश्वरी म्याराथनमा बुधबार आयोजना गरिएको प्रतियोगितामा खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट डोटी सिलगढीस्थित टुँडिखेलसम्म ४२ किलोमिटर दूरीलाई दुई घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै खड्का प्रथम हुनुभएको हो । 

    images

    प्रतियोगितामा प्रथम भएका खड्काले नगद एक लाख २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभयो । रावतले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा पार गर्नुभयो । 

    images
    images
    images

    प्रतियोगितामा दोस्रो हुनुभएका रावतले ८० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।  प्रतियोगितामा जुम्लाका कर्णाली स्पोर्टस् क्लबका वीरेन्द्र पाण्डेय तेस्रो हुनुभयो । पाण्डेयले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।   

    डोटी उद्योग वाणिज्य सङ्घ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा बिदेसी गरी ४८ जना खेलाडीको सहभागिता रहेको थियो । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको बताइएको छ । 

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १७:१४:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको