Logo

बुधवार, श्रावण १३ गते २०८३

२ वटा क्रिकेट स्टेडियम भारतले बनाइदिने

२ वटा क्रिकेट स्टेडियम भारतले बनाइदिने

जोईन खबर

१८, जेठ २०८०
  • 775
    SHARES
  • २ वटा क्रिकेट स्टेडियम भारतले बनाइदिने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला नेपालको खेलकुद पूर्वाधारका विषयमा पनि सम्झौता हुने बुझिएको छ । चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड हिजो दिउँसो नयाँ दिल्ली पुगिसकेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग विहीबार हैदरावाद हाउसमा भेटवार्ता हुने छ । समग्र चार दिने भ्रमणका विषयमा नेपाली प्रतनिधि मण्डलले विभिन्न एजेण्डाहरुमा छलफल गर्दा नेपालको खेल पूर्वाधारको  विषयले पनि प्रवेश पाउने बताइएको छ 

    images

    त्यसका लागि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि भ्रमण टोलीमा समावेश भएका छन् । भारतसँग प्रधानमन्त्रीका भ्रमणका बेला क्रिकेट पूर्वाधारका लागि सम्झौता हुन सक्ने अध्यक्ष चन्दले बताए ।

    नेपालले काठमाडौंमा एउटा र सुदूरपश्चिममा एउटा रंगशालाका लागि प्रस्ताव गर्ने तयारी गरेको छ । काठमाडौंमा मूलपानी वा कीर्तिपुरको पूर्वाधारमा भारतको चासो रहेको बुझिएको छ । दुई मध्य एक ठाउँमा फ्लर्ड लाइटसहितको पूर्वाधार निर्माणका लागि भारतले चासो दिएको छ । यसैगरी सुदूरपश्चिमको फाप्ला क्रिकेट मैदान बनाइदिने विषयमा पनि भारत सकारात्मक रहेको बुझिएको छ ।  

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १०:१३:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको