Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली टिम ‘डीआरएस गेमिङमा ४० करोड पुरस्कार भएको पब्जी प्रतियोगिता खेल्दै

नेपाली टिम ‘डीआरएस गेमिङमा ४० करोड पुरस्कार भएको पब्जी प्रतियोगिता खेल्दै

जोईन खबर

१८, जेठ २०८०
  • 850
    SHARES
  • नेपाली टिम ‘डीआरएस गेमिङमा ४० करोड पुरस्कार भएको पब्जी प्रतियोगिता खेल्दै

     १८ जेठ काठमाडौ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले करिब ४० करोड नेपाली रुपैँया पुरस्कार राशि भएको प्रतियोगिता पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल खेल्ने भएको छ । साउदी अरेबियाको रियादमा १४ जुलाईदेखि १६ जुलाईसम्म चल्ने प्रतियोगितामा ‘डीआरएस गेमिङ’ खेल्ने पक्का भएको हो । २६ मेदेखि ३० मेसम्म चलेको ‘पीएमडब्लूआई अलस्टार्स भोट इभेन्ट’ अन्तर्गत दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा धेरै भोट पाएर डीआरएस यो प्रतियोगिताको लागि छनोट भएको हो । भोटिङमा डीआरएससहित अन्य नेपाली टिम ‘स्काइलाइट गेमिङ’, ‘ट्रेन टु किल’,  ‘हाइभोल्टेज ई-स्पोर्ट्स’, ‘इलुमिनेट क्रु’, ‘लियो ई-स्पोर्टस्’, ‘इलिमेन्ट्रिक्स’, ‘डेडआइज गाइज’ र ‘एएसएल’ पनि रहेका थिए । 

    images

    भोटिङमा डीआरएसभन्दा पछाडि रहेको टिम ‘एनबी ई-स्पोर्ट्स’ले करिब ८२ हजार भोट ल्याएको थियो ।पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप प्रिङ २०२३’ जितेसँगै दक्षिण एसिया क्षेत्र अर्को टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले पनि यो प्रतियोगिता खेल्ने पक्का भएको छ ।यो प्रतियोगितामा विश्वभरका सबै क्षेत्रको प्रतिनिधित्व गर्दै कुल १६ टिमले खेल्ने जनाइएकाे छ ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १४:४८:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको