Logo

बिहिवार, श्रावण १४ गते २०८३

मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो जित निकाले

मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो जित निकाले

जोईन खबर

१८, जेठ २०८०
  • 676
    SHARES
  • मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो जित निकाले

    १८ जेठ काठमाडौ ।मलेसियाविरुद्ध नेपालको दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।

    images

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै ज्योति पाण्डे २३ रनको योगदान दिँदा इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर दुई रनमा आउट हुँदा कविता जोशी एक रन तथा विन्दु रावल तीन रनमा अविजित रहिन् । मलेसियाका लागि निक नुर अटिएलाले दुई तथा आयसा इलिसा र विनफ्रेड अन्नेले समान एक एक विकेट लिएक थिए । नेपालले दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो ।पहिलो खेल मलेसियाले पाँच विकेटले जितेको थियो । 

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १७:३४:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको