Logo

बिहिवार, श्रावण १४ गते २०८३

आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बने

आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बने

जोईन खबर

२१, जेठ २०८०
  • 814
    SHARES
  • आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बने

    २१ जेठ काठमाडौ । आरबी लाइप्जिग लगातार दोस्रो सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बनेको छ । जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै लाइप्जिगले उपाधि जित्न सफल भएको हो ।लाइप्जिगलाई च्याम्पियन बनाउन क्रिस्टोफर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे ।

    images

    दुवै गोल दोस्रो हाफमा भएको थियो ।प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७१औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए ।  डोमिनिकले एनकुन्कुको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लाइप्जिग च्याम्पियन बन्न सफल भयो ।

    लाइप्जिग चारपटक फाइनल प्रवेश गर्दा दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । लाइप्जिगले गत सिजन फ्रेइवर्गलाई पराजित गर्दै पहिलोपटक डिएफवी पोकलको उपाधि जितेका थिए ।त्यो भन्दा एक संस्करणअघि लाइप्जिग बोरुसिया डर्टमुन्डसँग तथा २०१८–१९ को सिजनमा बायर्न म्युनिखसँग पराजित हुँदै उपाधि बनेको थियो ।

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १५:५१:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको