Logo

बिहिवार, श्रावण १४ गते २०८३

मेस्सीले क्लब छोड्दा एक दिनमै घटे पीएसजीका १६ लाख इन्स्टाग्राम फलोअर

मेस्सीले क्लब छोड्दा एक दिनमै घटे पीएसजीका १६ लाख इन्स्टाग्राम फलोअर

जोईन खबर

२२, जेठ २०८०
  • 769
    SHARES
  • मेस्सीले क्लब छोड्दा एक दिनमै घटे पीएसजीका १६ लाख इन्स्टाग्राम फलोअर

    २२ जेठ काठमाडौ । शनिबार राति लिग वनको खेलसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) सँगकाे लियोनल मेस्सीकाे सम्झौता सकिएको छ । त्यससँगै क्लबले मेस्सीलाई बिदाइ गरेको छ । मेस्सीलाई बिदाइ गरेको पोस्ट सामाजिक सञ्जालमा आएसँगै पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा फलोअरसँग तीव्र गतिमा घटिरहेको छ ।

    images

    आज सोमबार दिउँसो क्लबको उक्त इन्स्टाग्राम ह्यान्डलमा फलोअरको सङ्ख्या छ करोड ८७ लाख पुगेको छ । अर्थात् एक दिनमा क्लबको फलोअर १६ लाख बढीले घटिसकेको छ ।

    डिसेम्बारमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल-नासरमा अनुबन्ध भएसँगै उक्त क्लबको फलोअर सङ्ख्या तीव्र गतिमा बढेको थियो ।रोनाल्डोअनुबन्ध भएको पोस्ट राखेको ११ घण्टामा उक्त क्लबको इन्स्टाग्राम ह्यान्डलमा फलोअरको सङ्ख्या ३३ लाखले बढेको थियो । 

     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १४:५६:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको