Logo

बिहिवार, श्रावण १४ गते २०८३

एएफसी यु-२० महिला एसियन कप फुटबल छनोटमा नेपाल र म्यान्मा भिड्ने

एएफसी यु-२० महिला एसियन कप फुटबल छनोटमा नेपाल र म्यान्मा भिड्ने

जोईन खबर

२३, जेठ २०८०
  • 655
    SHARES
  • एएफसी यु-२० महिला एसियन कप फुटबल छनोटमा  नेपाल र म्यान्मा भिड्ने

    २३जेठ काठमाडौ । एएफसी यु-२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दै छ ।

    images

    नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।नेपालले  प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

    नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए ।नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छन् । मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १२:१०:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको