Logo

मंगलवार, श्रावण १२ गते २०८३

पानीको कमीले स्वास्थ्यमा देखिने समस्या

पानीको कमीले स्वास्थ्यमा देखिने समस्या

जोईन खबर

२३, जेठ २०८०
  • 934
    SHARES
  • पानीको कमीले  स्वास्थ्यमा देखिने समस्या

    २३जेठ काठमाडौ । पानीको कमी हुँदा डिहाइड्रेसन हुन सक्छ, मुड परिवर्तन हुने, अत्यधिक गर्मी महसुस हुने, कब्जियत र किड्नीमा समस्या देखिनेसमेत हुन सक्छ । औसतमा एउटा मानिसले दैनिक दुईदेखि तीन लिटर पानी पिउन जरुरी छ ।यद्यपि, व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यअनुसार यसमा फरक पर्न सक्छ ।

    images

    एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ ।पानीको कमी हुँदा तिर्खा लाग्छ, पिसाब पहेँलो हुन्छ । पिसाब पहेँलो भएको छैन भने पानी पुगेको छ भनेर बुझ्नुपर्छ । 

    तापमान नियन्त्रणमा राख्न, पाचनतन्त्र बलियो बनाउन, अंगहरूलाई सक्रिय बनाउन, हाडजोर्नीलाई नरम बनाउन, सेल्सहरूमा पोषण पुर्‍याउन, शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ ।

    मिर्गौलामा समस्या : शरीरमा पानीको कमी हुँदा मिर्गाैलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्दा मिर्गौलामा असर पुग्छ । 

    रक्तचापमा कमी : शरीरमा पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप (ब्लडप्रेसर) घट्ने हुन्छ  । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन्छ । 

    छालासम्बन्धी समस्या : शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, सुक्खा हुने, छालामा चमक हराउने हुन्छ ।

    मुड परिवर्तन : शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने हुन सक्छ  । जसले गर्दा मानसिक असर पर्छ । 

    जोर्नी र मांसपेशीमा समस्या : पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्नेलगायतका समस्या हुन्छ । 

    पाचनसम्बन्धी समस्या : पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ  र पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, झाडापखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्नेलगायतका समस्या देखिन्छ । 

    टाउको दुख्ने : शरीरमा पानीको कमी भएमा टाउको भारी हुने, दुख्ने, ज्वरो आउने, थकान महसुस हुने, चक्कर लाग्ने हुन्छ । मस्तिष्कको कार्यक्षमतामा पनि यसले ह्रास ल्याउँछ ।

    के गर्ने ?
    - गर्मीयाममा पातलो कपडा लगाउने ।
    - दिउँसो घाम लागेको समय, तापक्रम बढेको समयमा व्यायाम नगर्ने ।
    - पानी खाइरहने । दिनमा पटक–पटक गरेर कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउने । 
    - जुस र फलफूल खाने ।


    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १३:०७:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको