२३ जेठ काठमाडौ । अर्जेन्टीनाका कप्तान लियोनल मेस्सीले पूर्वक्लब बार्सिलोना नै फर्कने संकेत गरेका छन्।गोल डटकमका अनुसर स्पेनिस क्लब बार्सिलोना नै फर्कने सम्भावना बढेपछि उनले साउदी क्लब अल हिलाललाई सन् २०२४ सम्मका लागि कुर्न भनेका छन्।
हाल मेस्सीका बाबु तथा एज्नट जोर्जे मेस्सीको बार्सिलोना पुनरागमनका लागि क्लबसँग आवश्यक छलफल गरिरहेको गोल डटकमले जनाएको छ।
फ्रेन्च क्लब पीएसजी छाडे पछि मेस्सी पनि अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो जस्तै साउदी क्लब जाने चर्चा चलेको थियो। साउदी क्लब अल हिलालले मेस्सीलाई वार्षीक ५४० मिलियन डलरमा अनुबन्धित गर्नका लागि प्रस्ताव गरेको थियो।