Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज नेपाल र स्कटल्यान्ड भिड्दै

आज नेपाल र स्कटल्यान्ड भिड्दै

जोईन खबर

२५, जेठ २०८०
  • 697
    SHARES
  • आज नेपाल र स्कटल्यान्ड भिड्दै

    २५ जेठ काठमाडौ ।विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अभ्यास खेल स्कटल्यान्डसँग खेल्ने भएको छ नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ ।यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।

    images

    नेपालले गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स  यूएई छन्।

     

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १०:४७:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको