Logo

बिहिवार, श्रावण १४ गते २०८३

म्यानमारमा जारी एफसी महिला यू २० एसिया कप छनोटमा नेपाली टोलीको अर्को हार

म्यानमारमा जारी एफसी महिला यू २० एसिया कप छनोटमा नेपाली टोलीको अर्को हार

जोईन खबर

२५, जेठ २०८०
  • 781
    SHARES
  • म्यानमारमा जारी एफसी महिला यू २० एसिया कप छनोटमा  नेपाली टोलीको अर्को हार

     २५ जेठ काठमाडौ । म्यानमारमा जारी एफसी महिला यू २० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली बिहीबार भएको खेलमा चीनसँग ५–० ले पराजित भएको छ ।

    images

    चीनले पहिलो हाफमै चार गोल गरेको थियो ।युयाङ युहानले १६ औं मिनेटमा गोलको खाता खोलेकी थिइनेभन होउ युछिनले २६ औं मिनेटमा गोल थपेकी थिइन् । खेल सकिन १ मिनेट बाँकी रहँदा यु जिकीले गोल गरेपछि नेपाली टोलीले लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको हो ।

    नेपाल मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० ले नै पराजित भएको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको थियो ।यस छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १८:०८:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको