Logo

बिहिवार, श्रावण १४ गते २०८३

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेल हुदै

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेल हुदै

जोईन खबर

२६, जेठ २०८०
  • 673
    SHARES
  • शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेल  हुदै

    २६ जेठ काठमाडौ । काठमाडौ जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि अन्तिम चरणमा खेल हुँदैछन् । उपाधि चर्च ब्वाइज क्लबले जितिसकेको छ । आज र भोलि गरी सबै खेल सकिने छन् ।अन्तिम चरणमा आइपुग्दा ए डिभिजन लिगको रेलिगेशन भिडन्त भने रोमाञ्चक बनेको छ ।

    images

    लिगमा आज ४ खेल हुनेछन् । दुई वटा खेल दशरथ रंगशाला र च्यासल र एन्फा मैदान सातदोबाटोमा एक एक खेल हुने छन् ।दशरथ रंगशालामा दिउँसो ३ बजे एपीएफ र फ्रेन्ड्स क्लब आमने सामने हुन् छन् ।रेलिगेशनबाट जोगिन एपीएफलाई बराबरी पर्याप्त छ भने फ्रेन्ड्सलाई जित्नै पर्ने दबाब छ ।

    एन्फा मैदानमा एफसी खुमलटार र  चर्च ब्वाइजबीच दिउँसो ३ बजे खेल हुने छ ।च्याम्पियन बनेको चर्च ब्वाइजलाई नतिजाले कुनै प्रभाव पार्ने छैन भने रेलिगेशनबाट जोगिने समिकरण कायमै राख्न खुमलटारलाई जित्नै पर्ने दबाब छ ।दिउँसो ३ बजे नै च्यासल मैदानमा विभागीय क्लब नेपाल पुलिस र सातोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।आजको अन्तिम खेलमा साँझ ६ बजे त्रिभुवन आर्मी र हिमालयन शेर्पा आमने सामने हुने छन् ।

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १०:५३:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको