Logo

बिहिवार, श्रावण १४ गते २०८३

यु–२० फिफा विश्वकप फुटबलको उपाधिका लागि उरुग्वे र इटालीबीच भिड्ने

यु–२० फिफा विश्वकप फुटबलको उपाधिका लागि उरुग्वे र इटालीबीच भिड्ने

जोईन खबर

२६, जेठ २०८०
  • 700
    SHARES
  • यु–२० फिफा विश्वकप फुटबलको उपाधिका लागि उरुग्वे र इटालीबीच  भिड्ने

    २६ जेठ काठमाडौ ।यु–२० फिफा विश्वकप फुटबलको उपाधिका लागि उरुग्वे र इटालीबीच भिडन्त हुने भएको छ ।अर्जेन्टिनामा जारी प्रतियोगिता अन्तर्गत उरुग्वेले इजरायलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा इटालीसँगको भेट पक्का गरेको हो ।

    images

    उरुग्वेले दोस्रो हाफमा गरेको गोल नै फाइनल पुग्न पर्याप्त बन्यो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उरुग्वेले ६१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।उरुग्वे यु २० विश्वकपमा तेस्रो फटक फाइनलमा प्रवेश गरेको हो । इटालीले सेमिफाइनलनमा दक्षिण कोरियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १०:५९:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको