Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एसिया कपको मिति मंगलबार तय हुन सक्ने नेपालले भारतसँग श्रीलंकामा खेल्ने

एसिया कपको मिति मंगलबार तय हुन सक्ने नेपालले भारतसँग श्रीलंकामा खेल्ने

जोईन खबर

२८, जेठ २०८०
  • 724
    SHARES
  • एसिया कपको मिति मंगलबार तय हुन सक्ने नेपालले भारतसँग श्रीलंकामा खेल्ने

    २८ जेठ काठमाडौ ।एसिया कप २०२३ र एकदिवसीय विश्वकप क्रिकेटलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको विवाद समाधान हुने अवस्थामा पुगेकाे बताइएको छ । यी दुई प्रतियोगिताको सन्दर्भमा दुई देश प्रत्यक्ष आमनेसामने भएनन् तर एसीसी र आइसीसीका प्रतियोगिताहरू यी दुई देशबीचको तनाव कम गर्ने भूमिकामा देखिएका छन् ।यस्तो अवस्थामा पाकिस्तानसहित अन्य टोलीले आफ्नो खेल पाकिस्तानमै खेल्नेछन् । त्यस्तै, भारतीय टोलीका खेलहरू श्रीलंकाको गाले र पल्लेकेले मैदानमा हुनेछन्। योसँगै पीसीबीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो टोली पठाउने सहमति गरेको छ ।

    images

    एसीसीले मंगलबार एसिया कप आयोजनाको औपचारिक घोषणा गर्न सक्नेछ । हाइब्रिड मोडलको आधिकारिक स्वीकृतिले पाकिस्तानी टोलीलाई अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गर्ने बाटो खुला गर्नेछ। पाकिस्तानी टोली अहमदाबादमा पनि खेल्न तयार छ ।

    images
    images
    images

    एसिया कप आयोजनाको समस्या समाधान गर्ने जिम्मा एसीसी कार्यकारी बोर्डका सदस्यलाई दिइएको छ । ती सदस्यमा ओमान क्रिकेट बोर्डका प्रमुख पंकज खिम्जी पनि थिए । धेरै देशहरूले हाइब्रिड मोडेल चाहँदैनन्। तर, अहिलेसम्म लाहोरको गद्दाफी स्टेडियममा चार खेल हुनेछन्, जसमा भारतीय टोलीले खेल्ने छैन । यी खेलहरू हुन्– पाकिस्तान विरुद्ध नेपाल, बंगलादेश विरुद्ध अफगानिस्तान, अफगानिस्तान विरुद्ध श्रीलंका र श्रीलंका विरुद्ध बंगलादेशका हुने छन् ।

    ‘भारत र पाकिस्तानबीचका दुई खेल र सुपर फोरका अन्य सबै खेल पल्लेकेले वा गालेमा हुनेछन्,’ एसीसी बोर्डका एक सदस्यले नाम न छाप्ने सर्तमा  भारतीय मिडियालाई भने। एसिया कप सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ ।

    यस्तो अवस्थामा हाइब्रिड मोडल ल्याएसँगै पाकिस्तानको एकदिवसीय विश्वकप खेल्ने बाटो खुलेको छ । विश्वकपमा भारत र पाकिस्तानको खेल अहमदाबादमा हुनसक्छ । यससँगै पाकिस्तानका बाँकी खेल चेन्नई र हैदरावादमा हुन सक्नेछन् ।

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १४:२२:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको