Logo

बिहिवार, श्रावण १४ गते २०८३

शहीद स्मारक‘ए’ डिभिजन लिगमा बढुवा दुईमध्ये एक च्याम्पियन अर्को रेलिगेसन

शहीद स्मारक‘ए’ डिभिजन लिगमा बढुवा दुईमध्ये एक च्याम्पियन अर्को रेलिगेसन

जोईन खबर

२८, जेठ २०८०
  • 667
    SHARES
  • शहीद स्मारक‘ए’ डिभिजन लिगमा  बढुवा दुईमध्ये एक च्याम्पियन अर्को रेलिगेसन

    २८ जेठ काठमाडौ । नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।डबल राउन्ड रोविन लिगमा कूल एक सय ८२ खेल सम्पन्न भएसँगै चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै च्याम्पियन बनेको हो । ‘ए’ मा उक्लिएको पहिलो सिजन नै उपाधि उचालेको चर्च ब्वाइज लिग जित्ने १६औँ टोली बनेको  छ । संयोगवश पहिलो पटक ‘ए’ डिभिजन खेलेको एफसी खुमलटार पहिलो वर्ष नै  रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ । 

    images

    २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा ‘सी’ च्याम्पियन, २०७९ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा ‘सी’ च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै ‘बी’ च्याम्पियन र २०४३ मा ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो ।

    यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो लिग उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रूपमा थ्रिस्टार क्लबबाट शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रूपमा उपाधि दिलाउन सफल हुनुभएको छ । 

     

     

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १६:१६:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको