२८ जेठ काठमाडौ । परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्।महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको जानकारी दिए।
बाँकेमा सबैभन्दा धेरै ३२९ जना दादुराका बिरामी पुष्टि भएको उनले बताए । बाँकेमा एक लाख ७३ हजार ३२४ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन्। उनले कैलाली, सुनसरी र महोत्तरी सबैभन्दा बढी प्रभावितमध्येका जिल्ला रहेको जनाए।ती क्षेत्रमा हालसम्म दुई लाख १५ हजार ५४ जनाले दादुराविरुद्धको खोप लगाइसकेका छन्। काठमाडौँमा दादुरा खोजपड्ताल सकिएको छ। काठमाडौँका बिरामीमध्ये नौ जना बिरामी अस्पताल भर्ना भएकामा सबै डिस्चार्ज भएको उनको भनाई छ ।