Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित

नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित

जोईन खबर

३०, जेठ २०८०
  • 829
    SHARES
  • नेपाल पहिलो खेलमा पाकिस्तानसँग  पराजित

    ३० जेठ काठमाडौ ।महिला  एसिया कपमा नेपाल पहिलो खेलमा पाकिस्तान सँग पराजित भएको छ । ब्याटरहरुले राम्रो सुरुवात गरेपनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा नेपाल ९ रनले पराजित हुन पुग्यो ।

    images

    जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो ।१३ औं ओभरको चौथो बलमा इन्दु ४ रन जोड्दै साएदा अरुबा शाहको बलमा बोल्ड भइन् । १५ औं ओभरमा सम्झना खड्का ७ रन जोड्दै आउट भएपछि नेपालको जितको सम्भावना पातलिएको थियो ।

    लगत्तै अर्को ओभरमा कप्तान रुविना क्षेत्री आउट भएपछि नेपाल ५३(६ को स्थितिमा पुग्यो । रुविनाले ६ रन जोडिन् ।मध्यक्रमका ब्याटर कविता जोशी १ चौकासहित १५ रनमा नटआउट रहिन् । ज्योति पाण्डेले नटआउट ९ रन जोडेपनि नेपाल जितसम्म पुग्न सकेन । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा नेपालले मात्र ७ रन जोडेको थियो ।त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९।२ ओभरमा ८७ रनमा अल आउट भयो । 

    नेपालले सानदार बलिङ गरेपछि एक समय पाकिस्तान ६५(७ को दयनीय अवस्थामा पुगेको थियो ।तुबा हसन र फातिमा सानाले आठौं विकेटका लागी २७ रनको साझेदारी गरेका थिए । तुबा हसन १४ बलमा १ छक्कासहित ९ रनमा इन्दुको बलमा कट एन्ड बोल्ड आउट भईन् । इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् ।नेपालकी सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता जोशीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ३।२ ओभरमा १२ रन खर्चेर २ विकेट लिईन् ।नेपालले अब विहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ । त्यसपछि समूहको अन्तिम खेल शनिबार आयोजक हङकङसँग हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । 

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १३:३०:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको