३० जेठ काठमाडौ । नेपालले आज युएईसँग अभ्यास खेल्दै छ । यसै वर्ष भारतमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न लागेको नेपालले आज अभ्यास खेल खेल्न लागेको हो । दक्षिण अफ्रिकामा अभ्यास गरेपछि उतैबाट जिम्बाबे गएको नेपालले आज युएईसँग खेलिरहेको हो ।
जिम्बावेको हरारेमा नेपालले युएईबिरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । आईसीसी लिग टूमा नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायर खेल्न पुगेको हो भने युएई प्लेअफ खेलेर स्थान बनाएको टिम हो ।नेपालले दक्षिण अफिकामा अभ्यास खेल खेल्दा स्कटल्याण्ड र नेदरल्याण्डसँग पराजय भोगेको थियो ।