Logo

बिहिवार, श्रावण १४ गते २०८३

मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ : नेपाली क्रिकेट खेलाडी शक्ति गौचन

मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ : नेपाली क्रिकेट खेलाडी शक्ति गौचन

जोईन खबर

३१, जेठ २०८०
  • 730
    SHARES
  • मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ : नेपाली क्रिकेट खेलाडी शक्ति गौचन

    ३१ जेठ काठमाडौ । नेपाली क्रिकेट टोलीका एक  सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

    images

    आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । ‘मेरो एउटा मिसननै छ । मर्नु अघि नेपाल टेस्ट नेशन भएको हेर्न पाउँ । साथीभाइहरु पनि तपाई यतिकै लागि राख्नु भएको छ भन्छन् । म अस्ति पोखरामा पनि गएको थिए । ठिकै छ १५र२० वर्षपछि नपाउला । ३० वर्षपछि पाउँला । तपाईं ८० वर्षको हुँदा पाउला । ठिकै छ नेपालले टेस्ट मान्यता पाउँदा म ८० वर्षको हुला, शक्तिले टेस्ट सपना बारे भने ।त्यसैमा थपे, ‘मला

    अहिले मेरो ध्यान आफ्नो एकेडेमी र एक्ट्राटेक ओभल मैदानले दिएको जिम्मेवारीमा केन्द्रितछु । आगमी दिनमा भयो भने बिचार गरौंला’, शक्तिले हाँस्दै भने । त्यसैमा उनले थपे, ‘जिल्लामा जतिपनि क्षमतावान् खेलाडी छन् । तिनीहरुलाई धेरै भन्दा धेरै समय दिन सकुम् । त्यहिँ नै अहिलेको लक्ष्य छशक्ति एउटा राम्रो क्षमता भएको खेलाडी जिल्लाको स्तरमा आउन तीन देखी पाँच बर्षसम्म लाग्ने बताए । ‘मैले अहिले १० वर्षदेखी बच्चाहरुलाई लिन सुरु गरेको छु । पहिला हामी १२ वर्षदेखी सुरु गथ्र्यौ । मेरो प्रशिक्षणको अनुभवले एउटा राम्रो क्षमता भएको खेलाडी जिल्लास्तरमा आउन तीनदेखी पाँच वर्ष लाग्छ । 

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १५:१३:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको