३१ जेठ काठमाडौ । नेपाली क्रिकेट टाेलीका सन्दीप लामिछाने र दीपेन्द्र सिंह क्यानडामा आयोजना हुन लागेको ग्लोबल टी–२० क्रिकेट खेल्ने भएका छन् ।गयराति भएको ड्राफ्टमा सन्दीप सुरे ज्याकवारको टोलीमा आवद्ध भएका छन् ।
उनको टोलीमा लिन्टन दास, जोसन बेहरेन, एलेक्स हेल्स लगायत छन् । अर्का अलराउण्डर दीपेन्द्र मोन्टेरियल टाइसगर्समा आवद्ध भएका छन् ।उनको टिममा शाकिब अल हसन, आन्द्रे रसेल जस्ता खेलाडी रहेका छन् ।