३ जेठ काठमाडौ । आईसीसी क्रिकेट विश्वकप छनोटको आजदेखि जिम्बाब्वेमा सुरु हुने पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।