Logo

बिहिवार, श्रावण १४ गते २०८३

इन्टरकन्टिनेन्टल कप भारतले जित्यो

इन्टरकन्टिनेन्टल कप भारतले जित्यो

जोईन खबर

४, आषाढ २०८०
  • 643
    SHARES
  • इन्टरकन्टिनेन्टल कप  भारतले जित्यो

    ४ असार काठमाडौ । भारतीय पुरुष फुटबल टोलीले पाँच वर्षपछि इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको उपाधि जितेको छ । भुवनेश्वरको कलिङा रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई २–० ले हराएको हो । भारतका लागि यो खेलमा कप्तान सुनिल क्षेत्री र लालियानजुआला छाङ्तेले एक एक गोल गरे ।यो जितसँगै भारतले दोस्रो पटक उपाधि जितेको छ । पछिल्लो पटक २०१८ मा यो प्रतियोगिता जितेका थिए ।

    images

    दोस्रो हाफमा सुनिल क्षेत्रीले ४६ औं मिनेटमा छाङ्तेको पासमा गोल गरे । त्यसपछि ६१औँ मिनेटमा छाङ्तेले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । खेलपछि सुनिल क्षेत्रीले भने, ‘हामीले अन्तिम खेलमा लेबनानविरुद्ध राम्रो गर्न सकेनौं । त्यसैले फाइनलमा हामी लेबनानलाई फाइनलमा हराउन सक्दैनौं भन्ने धेरैले सोचेका थिए तर हामीले राम्रो खेल्यौं र दुई गोलको अन्तरले जित्यौं। कोचिङ स्टाफले उत्कृष्ट काम गरेको छ।

     जितपछि प्रशिक्षक इगोर स्टिमाकले टोलीको प्रशंसा गरेका छन् । उनले खेलको दोस्रो हाफमा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । स्टिम्याकका अनुसार भारतीय फुटबल टोलीले पछिल्लो पाँच दशकमा खेलेका यी उत्कृष्ट ४५ मिनेट थिए। सफा पाना (एउटा राउन्ड नखाने) धेरै रमाइलो छ । कन्टिनेन्टल कपलाई भारतले ६ गतेबाट सुरु हुन लागेको साफ च्याम्पियन्सिपको तयारीका रुपमा लिएको छ । बैंग्लोरमा साफ च्याम्पियनसिप हुँदै छ । 

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १०:३४:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको