७ असार काठमाडौ । आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको बिशाल लक्ष्य दिएको छ ।जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा ३३९ रन बनायो ।
जसमा शाई होप र निकोलश पूरनले शतक प्रहार गरे । होपले १३२ र पूरनले ११५ रन बनाए । यि दुई ब्याटरबीच चौथो विकेटको लागि दुईसय १६ रनको साझेदारी पनि भएको थियो ।
एक समय ५५ रन जोड्दा ३ विकेट गुमाएपछि धर्मराएको पारी होप र पूरनले सम्हालेका थिए । नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे ।यस प्रतियाेगिताकाे समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।