Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेदरल्याण्ड्सको पहिलो जित

नेदरल्याण्ड्सको पहिलो जित

जोईन खबर

७, आषाढ २०८०
  • 970
    SHARES
  • नेदरल्याण्ड्सको पहिलो जित

    ७ असार काठमाडौ। विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्ड्सले पहिलो जित निकालेको छ ।जितसँगै नेदरल्याण्ड्सले समूह ए मा २ अंक जोडेको छ ।अमेरिकाले दिएको २१२ रनको लक्ष्य नेदरल्याण्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । उसका लागि कप्तान स्कट एडवार्डले नटआउट ६७ न बनाउँदा लङ भान वीकले १२ रनको नटआउट पारि खेले ।

    images

    तेजा निडामनुराले ५८ रनको अर्धशतकीय पारि खेल्दा वेस्ले बेरेसीले २९ तथा म्याक्स ओडडले २६ रन जोडे । अमेरिकाका जेसे सिंहले २ विकेट लिए । यसैगरी सौरभ नेत्रभाल्कर, अलि खान, नोसटस केनेजील एक एक विकेट लिए ।अमेरिकाका लागि सेयान जाङ्गीरले सर्वाधिक ७१ रनको पारि खेल्दा नोस्टुस केनिजीले १९ रनको नटआउट पारि खेले । यस्तै जेसे सिंहले ३८ रन बनाउँदा गजानन्द सिंहले ३३ रन जोडेका थिए ।

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - २१:३२:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको