Logo

बिहिवार, श्रावण १४ गते २०८३

ओमानमाथि श्रीलंकाको १० विकेटको जित

ओमानमाथि श्रीलंकाको १० विकेटको जित

जोईन खबर

८, आषाढ २०८०
  • 745
    SHARES
  • ओमानमाथि श्रीलंकाको १० विकेटको जित

    ८ असार काठमाडौ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार जिम्बावेको बुलावायोमा ओमानमाथि सानदार जित निकाल्ने क्रममा श्रीलंका १० विकेटले विजयी भयो। 

    images

    श्रीलंकाको जितमा दिमुख करूणारत्नेले नटआउट ६१ रन र पाथुन निशंकाले नटआउट ३७ रन जोडे । पहिले ब्याटिङ गरेको ओमानलाई श्रीलंकाले ३०।२ ओभरमा ९८ रनमा अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले २१ रन जोड्दा अयान खानले सबैभन्दा बढी ४१ रन बनाए।यस्तै फयज बट नटआउट १३ रन जोड्दा ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जितसँगै श्रीलंका समूह ‘बी’ मा अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। यसअघि ओमानले लगातार दुई खेलमा जित निकालेको थियो। ओमानले युएई र आयरल्यान्डलाई पराजित गरेको थियो। 

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - १७:४३:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको