Logo

मंगलवार, श्रावण १२ गते २०८३

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल बीमा परे

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल बीमा परे

जोईन खबर

१८, माघ २०७९
  • 736
    SHARES
  • क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल बीमा परे

    १८ माघ, पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

    images

    Gyanendra_Malla.JPG

    यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

    महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन् ।

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १४:५१:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको