Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालले १८४ रनको लक्ष्य दियो मलेसियालाई

नेपालले १८४ रनको लक्ष्य दियो मलेसियालाई

जोईन खबर

१५, आषाढ २०८०
  • 670
    SHARES
  • नेपालले  १८४ रनको लक्ष्य  दियो  मलेसियालाई

    १५ असार काठमाडौ । मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको हो ।नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेलेका छन् ।

    images

    नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए ।दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोइरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए । सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

    आठौँ विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । भट्टले ४३ बलमा २९ रन बनाए ।नवौँ विकेटका लागि कृतक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।पालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो  ।  

     

    प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १२:१५:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको