Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

जोईन खबर

१८, आषाढ २०८०
  • 814
    SHARES
  • एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

    १८ असार काठमाडौ । नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए । उनी सर्ट बलमा टप एज लागेर दिपु कुमारबाट समातिन पुगे ।

    images

     रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । राहिल पनि ३१ बल खेल्दै ७ रनमा आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट भए ।

    नेपालका कार्तिक कामतले २।३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए । नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेटअशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक विकेट लिए । निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए ।

    नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज यादवले पहिलो विकेटका लागि ११।३ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो बलियो योगफलको सम्भावना देखाएका थिए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । उनले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

    सुर्यांशु आउट भएपछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेका थिएनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भएपछि नेपाल ८६(३ को अवस्थामा पुगेको थियो । हरिहरनले निरज कुमारलाई ४२ रनमा क्याच गराए ।

    मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८, प्रतिक भट्टराई १२ र अशोक धामी डक आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १७:४८:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको