Logo

बिहिवार, श्रावण १४ गते २०८३

पुलिसको फाइनल सम्भावना बलियो

पुलिसको फाइनल सम्भावना बलियो

जोईन खबर

२५, आषाढ २०८०
  • 733
    SHARES
  • पुलिसको फाइनल सम्भावना बलियो

    २५ असार काठमाडाै । नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप  महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ फाइनल सम्भावना मजबुत बनाएको छ ।राष्ट्रिय खेलकुद परिषद्  कभर्डहलमा सोमबार दिउँसो भएको खेलमा पुलिसले २५(१८, २५(१२ र २५(१८ को सहज जित हात पारेको हो ।

    images

    पुलिसले पहिलो खेलमा गण्डकी प्रदेश र दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गरेको थियो ।पुलिस ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । न्यू डायमण्ड २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ २ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ ।पुरुषतर्फ आजको खेलमा दिउँसो २ बजे हेल्प नेपाल र दावाली मिलन, दोस्रो खेलमा दिउँसो ४ बजे आर्मी र गण्डकी तथा दिनको अन्तिम खेलमा पुलिस र शैलुङ बागढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।

     

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - १६:५४:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको